धनुषा क्षेत्र नम्बर ३ बाट लोसपा वरिष्ठ नेता महतोको एकल नाम सिफारिस

<span class='c1'>धनुषा क्षेत्र नम्बर ३ बाट लोसपा</span> <span class='c2'>वरिष्ठ नेता महतोको एकल नाम सिफारिस</span>

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ ।

लोसपा धनुषा क्षेत्र नम्बर ३ को आज सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिनुभयो । बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस गरेको अध्यक्ष साहले बताउनुभयो ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा महतो यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) ले सो क्षेत्रबाट जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्