उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे : कोइराला

<span class='c1'>उत्तरी नाका बन्द हुँदा व्यवसायी</span> <span class='c2'>मर्कामा परे : कोइराला</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएकी सांसद कोइरालाले नेपालको स्थापित मूल्य र मान्यता तथा तटस्थ परराष्ट्र नीतिको सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्