नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

<span class='c1'>नेप्से परिसूचकमा दोहोरो</span> <span class='c2'>अङ्कको गिरावट</span>

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ५१ दशमलव ८४ मा सीमित भएको छ ।

कूल दुई सय २७ कम्पनीको ३२ लाख नौ हजार नौ सय ८३ कित्ता शेयर रु एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । होटल तथा पर्यटन पाँच दशमलव ६६ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ अङ्कले उकालो लाग्यो ।

यस्तै, बैंकिङ छ दशमलव ८३, व्यापार २९ दशमलव सात, विकास बैंक ६४ दशमलव ८९, जलविद्युत् ४७ दशमलव ७८, वित्त ३५ दशमलव ३१, निर्जीवन बीमा एक सय ४७ दशमलव नौ, उत्पादन २३ दशमलव ३८, अन्य १८ दशमलव ७८, लघुवित्त ५२ दशमलव ४१, जीवन बीमा ८५ दशमलव ६४ र लगानी शून्य दशमलव आठ अङ्कले ओरालो लाग्यो ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ९९ अर्ब ७० करोड ९७ लाख ५४ हजार छ सय ३६ बराबर कायम भएको छ । नेप्सेका अनुसार, हिमालउन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड १४ लाख १८ हजार सात सय २६ बराबरको कारोबार भयो । रिडी हाइड्रोपावर रु नौ करोड ११ लाख ७० हजार एक सय ४७, सानिमा माई हाइड्रोपावर रु आठ करोड ५५ लाख ८७ हजार दुई सय ८५, नबिल बैंक रु पाँच करोड ६६ लाख ८५ हजार चार सय ७९ र नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ३० लाख ९५ हजार सात सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार उन्नति सहकार्य लघुवित्त नौ दशमलव ६८, एनएमबी हाइब्रिड फण्ड एक दुई दशमलव ५४, सामुदायिक लघुवित्त एक दशमलव ९९, मन्दाकिनी हाइड्रोपावर एक दशमलव ९६ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले एक दशमलव ४२ प्रतिशतले गुमाए ।

यस्तै, सानिमा माई हाइड्रोपावर सात दशमलव ३२, हिमालयन एभरेष्ट इन्स्योरेन्स छ दशमलव शून्य दुई दुई, जोशी हाइड्रोपावर पाँच दशमलव ५३, रुरु जलविद्युत् परियोजना चार दशमलव ८९ र रिभर फल्स पावरका लगानीकर्ताले चार दशमलव ५५ प्रतिशतले गुमाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्