साफ महिला च्याम्पियनशिप : पहिलाे हाफमा नेपाललाई १–० काे अग्रता

साफ महिला च्याम्पियनशिप : पहिलाे हाफमा नेपाललाई १–० काे अग्रता

काठमाडौं । नेपालले छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । खेलको १२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको तेस्रो मिनेटमा फ्रिकिकमा भुटानी खेलाडीको हेडर पोस्ट नजिकैबाट बाहिरिदा भुटान अग्रता लिनबाट चुकेको थियो । नवौं मिनेटमा सावित्रा भण्डारीको डि बक्स बाहिरको प्रहारले पोस्टको गति लिन सकेन ।

११औं मिनेटमा हिरा कुमारी भुजेलको बक्स बाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा नेपाल अग्रता लिनबाट चुक्यो । १२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् ।

गोलरक्षक सविता मोन्गेर अघि बढ्दै बललाई क्लियर गर्न खोजेको अवस्थामा अमिशासँग जुध्दै आएको बललाई सावित्राले खाली पोस्टमा गोल गर्न सफल भइन् ।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।

तस्बिर : प्रदीपराज वन्त/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्