धनुषामा धानखेतमा दुई किशोरीको शव फेला

धनुषामा धानखेतमा दुई किशोरीको शव फेला

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीक्ुमारी महराको शव फेला परेको हो ।

स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्