संसद्मा कलाकार अपूर्व क्षितिजलाई रिहाइ गर्न माग

<span class='c1'>संसद्मा कलाकार अपूर्व क्षितिजलाई</span> <span class='c2'>रिहाइ गर्न माग</span>

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कलाकार अपूर्व क्षितिज सिंहलाई रिहाइ गर्न माग गरिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले कलाकार अपूर्व क्षितिज सिंहले व्यंग गरेर आफ्नो कला प्रस्तुत गरेबापत जेल जानुपरेको उल्लेख गर्नुभयो ।

हास्यकला प्रस्तुत गर्दा कसैलाई मर्का पर्नसक्छ, त्यसैका आधारमा पक्राउ गर्न नमिल्ने बताउँदै उहाँले सिंहलाई तत्काल रिहाइ गर्न माग गर्नुभयो । साथै उहाँले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भइसकेको सन्दर्भमा सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न थालेको र निर्वाचनमा प्रभाव पार्ने गरी कर्मचारीको सरुवा गरेको आरोप लगाउँदै तत्काल त्यस्ता कार्य बन्द गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद समिना हुसेनले मुलुकभर विशेष गरी तराई–मधेशमा हाल जग्गाको कित्ताकाट गर्न पनि नपाएको र जग्गा बैंकमा राखेर ऋण पनि नपाएको बताउँदै यसले किसानका छोराछोरीले पढनसमेत नपाएको उल्लेख गर्नुभयो । उहाँले यस सम्बन्धमा तत्काल समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हुसेनले वैदेशिक रोजागरीमा हाल महिलालाई रोक लगाएर विभेद गरिएको बताउँदै तत्काल यो विषय सम्बोधन गर्न पनि माग गर्नुभयो । सांसद लक्ष्मणलाल कर्णले नेपाल अतिरिक्त हुलाक सेवामा हजारौँ कर्मचारी न्यूनतम तलब पनि नपाएर काम गर्नुपरेको जानकारी गराउँदै उनीहरुलाई न्यूनतम तलबको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद बिमला विश्वकर्माले झापामा भूमिहिनले विभिन्न माग राखी आन्दोलन गरिरहेको जानकारी गराउँदै उनीहरुलाई तुरुन्त धनी पूर्जा दिन तथा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्