चीनको प्रतिस्पर्धामा नेपाली चिया

<span class='c1'>चीनको प्रतिस्पर्धामा</span> <span class='c2'>नेपाली चिया</span>

काठमाडौं । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ ।

नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो । “नेपाली चियाका १६ वटा नमुना भोलि (बिहीबार) पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उनले भने ।

चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग लिने भएको हो । चीनले नेपाली चिया लिने सहमति जनाएपछि मात्र प्रतिस्पर्धामा भाग लिने कुरा तय भएको हो ।

प्रतिस्पर्धामा नेपालको चियाले आफ्नो पहिचान स्थापित गरेपछि चीन निर्यात गर्न झन् सजिलो हुने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

फोटो:फाइल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्