ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ

ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ

भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्