निहारिका बलात्कार प्रकरण : डिएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

<span class='c1'>निहारिका बलात्कार प्रकरण : डिएनए परीक्षण</span> <span class='c2'>गर्न आरोपित उच्च अदालतमा हाजिर</span>

धनुषा । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् ।

उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने आदेश दिएको थियो ।

निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौन सम्बन्ध भएको बताएका छन् ।

धनुषा जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा श्रेष्ठलाई सफाइ दिइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्