प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

<span class='c1'>प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको</span> <span class='c2'>निधनप्रति दुःख व्यक्त</span>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताउनुभएको छ । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गर्नुभएको प्रधानमन्त्री देउवाले सन्देशमा बताउनुभएको छ ।

महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गर्नुभएको नेपालको महत्वपूर्ण राजकीय भ्रमणका लागि उहाँलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा जनाइएको छ ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हाल्नुभएका उहाँ ७० वर्षसम्म गद्दीनशीन हुनुहुन्थ्यो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्