अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक छोडेको घोषणा

अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक छोडेको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्मुताइरीले नेपाली फुटबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट आफू अलग भएको घोषणा गरेका हुन्।

उनले आफूले ५ सय २५ दिनसम्म नेपाली फुटबल टिमको प्रशिक्षक रहेको बताएका छन्। उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

उनले आफ्नाे कार्यकालमा खुसी, माया, दुःख र पीडा सबै प्राप्त गरेको पनि जनाएका छन् । कहिले एन्फा त कहिले खेलाडीसँगको विवादका कारण पछिल्लो समय उनी नेपालमा थिएनन् । अलमुताइरीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनल पुगेको थियो ।

अब्दुल्लाह अलमुताइरीले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् हेर्नूहोस् :

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्