विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्ड्लिङ्क र नेपालको पहिलो एण्ड्रोइड सर्टिफ़ाइड आइपी टिभी सेवाप्रदायक नेटिभिले इन्टरनेट र टिभिका आकर्षक अफरहरु सार्वजनिक गरेको छन्।
वर्ल्ड्लिङ्क ले २०० एमबिपिएसको मासिक १०५०, ३०० एमबिपिएसको मासिक १३०० का आकर्षक अफरहरु सार्वजनिक गरेको हो। नेपालमा नै पहिलो पटक "२ राउटर अफर " ल्याएको छ जस अन्तर्गत ग्राहकहरुले वर्ल्ड्लिङ्कको इन्टरनेट सगै नोकियाको डुअल व्याण्ड राउटर सग नोकियाकै मेस राउटर बिकन नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।
नेटटिभि अफर अन्तर्गत वर्ल्ड्लिङ्कको इन्टरनेट मार्फत नेटटिभि चलाइरहनु भएको अथवा नयाँ जडान गर्ने ग्राहकहरुले भ्याट बाहेक १५ हजारमा एक वर्षको नेटटिभि पाउनुको साथै ३२ इन्चको यशुदाको एलइडि टिभि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
भ्याट बाहेक २९२९९ मा ४३ इन्चको यशुदाको स्मार्ट टिभि पाउनु हुनेछ। दुवै टिभिमा तिन वर्षको वारेन्टी हुनेछ। दशैँ अफर का नयाँ र पुराना दुवै ग्राहकहरुले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।