श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो ।

लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयर यस दिन बाँडफाँट गरेको हो ।

सो शेयरमा १८ लाख ३८ हजार ७५१ आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्द भएका छन् भने बाँकी १८ लाख ३७ हजार ४३६ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये ३६ हजार ८५९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्