छैटौं साफ महिला च्याम्पियनसिप : नेपालले श्रीलंकाको सामना गर्दै

छैटौं साफ महिला च्याम्पियनसिप : नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दै छ ।

सोमबार साँझ ५:३० बजे त्रिपुरेश्वर दशरथ रंगशालामा हुने खेलमा जितको लक्ष्यका साथ नेपाल मैदानमा उत्रँदै छ। सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यस खेल निकै महत्त्वपूर्ण छ। समूह 'बी'मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो। आज श्रीलंकालाई हराउन सके नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने छ। यसअघि नेपाल र श्रीलंकाबीचको खेलमा नेपाल हाबी हुँदै आएको छ । दुई टोलीबीच यसअघि भएको ६ खेलमा नेपालले ६ वटै जित निकालेको थियो । श्रीलंकालाई पनि सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने बाध्यता छ।

श्रीलंका पहिलो खेलमा भुटानसँग ५-० गोलले पराजित भएको थियो। अहिले समूहमा नेपाल र भुटानले तीन तीन अंक बनाएका छन्। श्रीलंकाले अंकको खाता खोलेको छैन। समूह एबाट साविक विजेता भारत र बंगलादेशले यसअघिनै सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

सात टोली सहभागी च्याम्पियनसिपबाट माल्दिभ्स र पाकिस्तान बाहिरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्