‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने

<span class='c1'>‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली</span> <span class='c2'>र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने</span>

काठमाडौं । ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने भएको छ ।

फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अब भने दुबै भर्सन एकैपटक प्रदर्शन हुने भएको छ ।

फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने जानकारी दिएका छन् । ‘दर्शकको मागलाई ध्यानमा राखेर फिल्म ‘प्रेम गीत ३’ को हिन्दी र नेपाली एकै दिन प्रदर्शन गर्ने निर्णय गरेका छौँ,’ उनले सामाजिक संजालमा लेखेका छन् ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्