प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको प्रकाशित सूचनामा जनाइएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्