साफ यू–१९ च्याम्पियनशिप फुटबल : नेपाल र भारत उपाधिका लागि भिड्दै

<span class='c1'>साफ यू–१९ च्याम्पियनशिप फुटबल : नेपाल</span> <span class='c2'>र भारत उपाधिका लागि भिड्दै</span>

काठमाडौं । श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति ८ः१५ बजे हुनेछ ।

सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । भारतलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ । नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारतको दाउ पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भइ च्याम्पियन बन्ने लक्ष्य रहेको बताए । यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्