कानेपोखरीका ६७ परिवारलाई लालपूर्जा

कानेपोखरीका ६७ परिवारलाई लालपूर्जा

विराटनगर । मोरङको कानेपोखरीे वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुमबासी तथा भूमिहीन दलित परिवारलाई सुकुमबासी आयोगले पूर्जा वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बुधबार उनीहरुलाई पूर्जा वितरण गरेकी हुन् ।

सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिसकेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बाहनाले नरोकिने पनि बताएकी छिन् ।

कार्यक्रममा सुकुमबासी आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे (सामना), कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाअधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रमस्थलमै भूमिहीन सुकुम्बासी २७ जना र भूमिहीन दलित ९ जनाले जग्गाको धनीपूर्जा पाएका छन् । अन्यलाई तत्काल वितरण गर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्