चुनाव र सुरक्षा कारण देखाउँदै सर्‍यो नेपाल टी २० लिग

<span class='c1'>चुनाव र सुरक्षा कारण देखाउँदै</span> <span class='c2'>सर्‍यो नेपाल टी २० लिग</span>

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ ।

काठमाडौंमा असोज ८ गतेबाट कात्तिक ५ गतेसम्म आयोजना हुने भनिएको नेपाल टी-२० लिगको मिति सरेको छ । नेपाल टी २० को गभर्निङ डी क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आज एक सूचना जारी गर्दै प्रतियोगिता सरेको जानकारी दिएको हो।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण देखाउँदै लिगकाे मिति सारिएकाे हाे । लिगमा खेल्ने खेलाडी तथा मैदानको सुरक्षाको लागि गृह मन्त्रालयलाई क्यानले पत्राचार गरेको थियो । तर गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि मात्रै प्रतियोगिता सञ्चालन गर्न भनेको छ । क्यानले सूचना सार्वजनिक गर्दै प्रतियोगिता डिसेम्बर २५ सम्मका लागि स्थगित गरेका जानकारी दिएको हो ।

प्रतियोगितामा ६ वटा टोली सहभागी हुनेछन् । केही टोलीले विदेशी खेलाडी समेत अनुबन्ध गरिसकेका छन् । ‘क्यानले खेलाडीको सुरक्षालाई गम्भीरतापूर्वक लिएको छ,’ सूचनामा लेखिएको छ, ‘विदेशबाट आउने खेलाडीका लागि धेरै सुरक्षा चाहिने हुन्छ।’

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्