‘के घर के डेरा’को टिजर सार्वजनिक(भिडियोसहित)

<span class='c1'>‘के घर के</span> <span class='c2'>डेरा’को टिजर सार्वजनिक(भिडियोसहित)</span>

काठमाडौं । 'के घर के डेरा'को टिजर सार्वजनिक भएको छ ।

दिपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेराको टिजर बिहीबार सार्वजनिक गरिएको हो। उक्त सार्वजनिक टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेकाे संघर्ष देख्न सकिन्छ।

महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकाल लगायतको अभिनय छ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन्। सिंगे लामाको कथा रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ।

फिल्म तिहारकाे अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउदै छ ।

टिजर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्