जय नेपाल हलकाे कम्पाउन्ड खाेतल्दा टुकुचा खाेला भेटियाे

<span class='c1'>जय नेपाल हलकाे कम्पाउन्ड</span> <span class='c2'>खाेतल्दा टुकुचा खाेला भेटियाे</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउन्ड खोज्न उत्खनन गर्दा टुकुचा खोला फेला पारेको छ । बिहीवार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

महानगरले केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो । महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्