प्रहरी हौं भन्दै ३० लाख २३ हजार रुपैयाँ लुटपाट गर्ने तीन जना पक्राउ

<span class='c1'>प्रहरी हौं भन्दै ३० लाख २३ हजार</span> <span class='c2'>रुपैयाँ लुटपाट गर्ने तीन जना पक्राउ</span>

काठमाडौं । प्रहरी हौं भन्दै नगद ३० लाख २३ हजार २ सय ८ रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका-१ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका-३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका-१ घर भई काठमाडौं कपन बस्ने २० वर्षीय मिन बहादुर तितुङ(रोहित) रहेका छन् ।

काठमाडौं ठमेलस्थित ओरियण्टल मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिक ३ वटा मोटरसाईकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले भदौ २२ गते साँझ प्रहरी हौँ भन्दै पीडितलाई जबरजस्ती मोटरसाइकलमा राखी डल्लु पुर्‍याई उक्त नगद, मोबाइल, लाइसेन्स र ब्लुबुक समेत रहेको झोला लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनवभवनबाट खटिएको प्रहरीले उनीहरूलाई घटनामा प्रयोग भएको मोटरसाइकल सहित काठमाडौं कपनबाट पक्राउ गरको हो ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका चोरी कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्