नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। शुक्रबार नेप्से १४.१० अंक (०.७३ प्रतिशत) गिरावट हुँदा १९१०.३८ अंकमा बन्द भएको हो ।

सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ अंकको उच्च गिरावट भएको नेप्से शुक्रबार पनि दहोरो अंकले गिरावट हुँदा मंगलबार र बुधबार भएको वृद्धि भन्दा उच्च गिरावट भएको छ ।

उपसूचकहरुमा म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । म्युचुअल फण्ड उपसूचक ०.०७ प्रतिशतको सामान्य वृद्धि हुँदा, लगानी, उत्पादनमुलक, लघुवित्त, वित्त कम्पनी हाइड्रोपावर र विकास बैंक उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ । असारदेखि सातमा ६ दिन कारोबार हुँदै आएको भएपनि असोजदेखि भने शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेकोले शुक्रबारको कारोबार हुने आज अन्तिम दिन हो ।

शुक्रबार दुई घण्टा मात्रै कारोबार भएको बजारमा २९ लाख १६ हजार २७१ कित्ता सेयर किनबेच हुँदा ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै रिडी हाइड्रोपावरको ४ करोड २३ लाख ३३ हजारको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ३ करोड २ लाख २ हजार र नबिल बैंकको ३ करोडको कारोबार भएको छ ।

शुक्रबार बजारमा १८६ कम्पनीको सेयर कारोबार भएकोमा १५१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३० कम्पनीको सेयर मूल्य गिरावट हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

शुक्रबार कारोबार भएकोमध्ये नबिल ब्यालेन्स फण्ड २ को इकाइ मूल्य सर्वाधिक ७.८७ प्रतिशतले वृद्धि हुँदा बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.७५ प्रतिशतले वृद्धि भएको छ ।

यता मिर्मिरे लघुवित्तको सेयर मूल्य ५.५९ प्रतिशतले गिरावट हुँदा रिभर फल्स पावरको सेयर मूल्य ५.३१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्