अस्कर अवार्डको लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

<span class='c1'>अस्कर अवार्डको लागि ‘ऐना</span> <span class='c2'>झ्यालको पुतली’ सिफारिस</span>

काठमाडौं । अस्कर अवार्डको लागि नेपालबाट 'ऐना झ्यालको पुतली' सिफारिस भएको छ।

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं सँस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई गत भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो।

उक्त सूचनाअनुसार दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’, सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ र सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

सहभागी तीन वटा फिल्म मध्ये ‘ऐना झ्यालको पुतली’ सबै पक्षमा उत्कृष्ट रहेको बताइएको छ।

‘यस समितिमा प्राप्त भएका तीन फिल्म मध्ये एकेडेमीको मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेका प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदिलाई मध्येनजर गर्दै अस्करको लागि फिल्म ‘ऐना झ्यालको पुतली’ छनोट गरिएको छ,’ विज्ञप्तीमा उल्लेख छ।

यो वर्षको अस्कर अवार्ड मार्च १२ मा लस एञ्जल्सको डल्बी थिएटरमा आयोजना हुँदैछ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्