डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

<span class='c1'>डेंगीमा लापरबाही गरे</span> <span class='c2'>जान सक्छ ज्यान</span>

काठमाडौं । सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन ।

त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्।

डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूको भनाइ छ । डेंगीको आशंका हुनेबित्तिकै चिकित्सक निगरानीमा बस्न उनीहरू सुझाउँछन्।

वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा कुनै जटिल दीर्घरोग थिएन । तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा.अनुपमा कार्कीले बताइन् ।

'समयमै उपचार पाए डेंगीबाट जटिल दीर्घरोग नभएका व्यक्तिको मृत्यु हुने स्थिति रहँदैन,' उनले भनिन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्