प्रदेश सरकारको काठमाडौं लैजाने प्रस्ताव सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीबाट अस्विकार

<span class='c1'>प्रदेश सरकारको काठमाडौं लैजाने प्रस्ताव सत्याग्रहमा</span> <span class='c2'>बसेका डाक्टर गोविन्द केसीबाट अस्विकार</span>

९ दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीले प्रदेश सरकारको काठमाडौं लैजाने प्रस्ताव अस्विकार गरेका छन्। कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै अनसनरत केसीलाई सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्द बोहराले मंगलबार बिहान भेटेर काठमाण्डौं लैजाने प्रस्ताव गरेका थिए।

भाद्र २६ गते धनगढीको कृष्णमन्दिरमा सत्याग्रहमा बसेका डाक्टर केसीलाई तीन दिनमै स्वास्थ्य अवस्थामा समस्या आएपछि, सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको थियो।डाक्टर केसीको उपचारमा सेती प्रादेशीक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर, डाक्टर अमृत जैशीसहितको टोली चौविसै घण्टा अटिएको छ। उपचारमा खटिएका डाक्टर कमरले डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिरहेको बताएका छन्। डाकटर केसीले मुखबाट केही पनि खान मानिरहेका छैनन् भने नसाबाट पनि पानी दिन नमानेको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन्।

डाक्टर केसीको अक्सिजनको लेवल घटिरहेको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भइरहेको, तीन किलो तौल घटेको, मांसपेसीहरु खुम्चिन थालेको भन्दै सेती प्रादेशीक अस्पतालका चिकित्सकहरुले उनलाई विशिष्टकृत सेवा भएको अस्पतालमा रेफर गरिसकेका छन्।

उनले गेटामा अस्पताल सञ्चालन गरी मेडिकल शिक्षाको तुरुन्तै पढाई हुनुपर्ने मागसहित चिकित्सा क्षेत्र सुधारका लागि विगतका सरकारहरुले गरेका सहमति कार्यान्वयनको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्