महिला बास्केटबल टोलीको बिदाइ

<span class='c1'>महिला बास्केटबल</span> <span class='c2'>टोलीको बिदाइ</span>

काठमाडौं । माल्दिभ्समा हुने महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

प्रतियोगिता यही असोज ८ देखि १४ गतेसम्म हुनेछ । सहभागी खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा नीरञ्जन सत्याल हुनुहुन्छ । रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । नेपाली टोली यही असोज ७ गते माल्दिभ्स जानेछन् । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्