नवौँ राष्ट्रिय खेलकुद :मोरङ जिल्लाबाट बास्केटबल खेलाडीको बिदाई

नवौँ राष्ट्रिय खेलकुद :मोरङ जिल्लाबाट बास्केटबल खेलाडीको बिदाई

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङ जिल्लाबाट छनोट भएका बास्केटबल खेलाडीको बिदाई गरिएको छ ।

मोरङ बास्केटबल संघले विराटनगरको विकेभिएम स्कुलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी छनौट भएका खेलाडीहरुलाई विदाई गरेको हो ।

बास्केटबलका महिला तथा पुरुष दुवै खेलाडीलाई मोरङ जिल्ला खेलकुद विकास समितिको तर्फबाट टिसर्ट र प्रदेश १ खेलकुद विकास बोर्डले ट्रयाक सुट प्रदान गरेको थियो ।

दुवै संस्थाले उपलब्ध गराएको ट्रयाक सुट पुरुष टिमको व्यवस्थापक आशिक प्रधान , महिला टिमका प्रशिक्षक दिपेश कट्वाल र महिला टिमकि ब्यवस्थापक अनुपमा बास्तोलाले खेलाडीलाई प्रदान गर्दै विदाई गरेका थिए ।

धरानमा असोज ६ देखि ८ गते सम्म हुने प्रदेश १ स्तरीय छनोट प्रतियोगिताको लागि सम्पुर्ण खेलाडीहरुलाई बिदाई गरिएको मोरङ बास्केटबल पुरुष टिमको प्रशिक्षक सरोज लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्