‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक

‘शिक्षाको सोचपत्र २०७९’  सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ आज सार्वजनिक गर्नुभएको छ ।

मन्त्रालयले तयार गरेको सो सोचपत्रमा नेपालको शिक्षा प्रणलीको विगत, वतर्मान स्थिति र भावी कार्यदिशा समावेश गरिएको छ ।

मन्त्री पौडेलले दिगो विकासको लक्ष्य र नेपालको संविधानको मर्म र भावनाअनुुसार शिक्षामा लगानी वृद्धि गरी गुणस्तर, पूर्वाधार र प्राविधिक तथा व्यवस्थापनका क्षेत्रमा सुधार गरिने बताउनुभयो ।

उहाँले सोका लागि कूल बजेटको २० प्रतिशत बजेट विनियोजनका लागि अर्थ मन्त्रालय क्रमशः तत्पर हुने विश्वास पनि व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्