चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन

काठमाडौं । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।

श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । उनले केही फिल्मका साथै टीभी शोमा काम गरे । रियालिटी शोमा पनि उनले भाग लिएका थिए ।

श्रीवास्तवलाई स्थापित भने कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जले गराएको थियो । उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् ।

राजु श्रीवास्तावको निधनप्रति भारतीय कलाकार, प्रशंसक र राजनीतिज्ञहरुले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्