यी प्रदेशमा भइरहेको छ वर्षा

यी प्रदेशमा भइरहेको छ वर्षा

काठमाडौं । मनसुन न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ । राति भने सुदूरपश्चिम र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा आज मौसम सामान्य बदली रहे पनि वर्षाको सम्भावना छैन । यद्यपि, शुक्रबार दिउँसो काठमाडौँमा हल्का वर्षाको सम्भावना रहेको मामौसमविद् मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, “बागमतीमा आज वर्षाको सम्भावना छैन् आंशिकदेखि सामान्य बदली रहने छ, भोलि साँझ बागमतीमा वर्षाको सम्भावना छ ।”

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेश, गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौँको आज न्यूनतम तापक्रम २६ तथा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्