मोरङको मिक्लाजुङमा करेन्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>मोरङको मिक्लाजुङमा करेन्ट लागेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

बुधबार दिउसो ४ बजे विद्युत प्रसारण लाईनको तारमा अचानक विद्युत सर्ट भई आगलागि हुँदा विद्युतको एउटा तार जली भुईमा झर्दा स्थानीय ६५ बर्षीय रमेश राईलाई करेन्ट लागेर घाईते भएका थिए ।

घाईते राईलाई तत्काल उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगिएकोमा उनको अस्पताल पुर्‍याउना साथ मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

फोटो: फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्