भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न पक्राउ

<span class='c1'>भुटानी शरणार्थी गुरुङको</span> <span class='c2'>हत्यामा संलग्न पक्राउ</span>

दमक । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन ।

बुधबार अपराह्न खुकुरी प्रहारबाट गुरुङको मृत्यु भएको थियो । झापा र इलामको सीमा नजिक पर्ने रतुवाखोलाको पुलमा गुरुङमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए । गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो ।

त्यसपछि घटनास्थल पुगेका प्रहरीले घाइते गुरुङलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा साँझ नै उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण सो घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्