बहुविवाह आरोपमा पक्राउ पुर्जी जारी भएपछि धरानका व्यवसायी लेखी सुब्बा फरार

बहुविवाह आरोपमा पक्राउ पुर्जी जारी भएपछि धरानका व्यवसायी लेखी सुब्बा फरार

धरान । धरानका व्यवसायी लेखीराज सुब्बा फरार भएका छन् । बहुविवाहको उजुरी दर्ता भएर जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन ।

प्रदेश प्रहरी कार्यालय रानी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानसमेतको टोलीले उनलाइ व्यापक रुपमा खोजी गरिरहेको छ । उनीमाथि आफ्नै कार्यालयमा कार्यरत एक महिला कर्मचारी भगाएर विवाह गरेको आरोप छ ।

लेखीराज सुब्बामाथि गत साउन १५ गते बहुविवाह गरेको कसुरमा इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता भएको थियो । उनी विरुद्ध जाहेरी दर्ता भएसंगै पक्राउ पर्ने डरले उनी फरार रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले बहुविवाहको अभियोगमा जाहेरी दर्ता गराएका थिए ।

प्रदेश, जिल्ला र इलाका तहले समन्वय गरेर उनको खोजीलाइ व्यापक बनाएको प्रहरीले जनाएको छ । उनी धरान, बिराटनगर तथा आसपासकै क्षेत्रमा भएको पारिबारिकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्