मोरङको जहदा ३ मा ‘जिवन विकास गोल्डकप’ फुटबल प्रतियोगिता हुँदै

मोरङको जहदा ३ मा ‘जिवन विकास गोल्डकप’ फुटबल प्रतियोगिता हुँदै

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्डकप हुने भएको हो ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तिब्र भएको जानकारी गराएको छ । प्रतियोगितामा मोरङ जिल्लाको ८ वटा टिमको सहभागिता रहेको लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवण कुमार राजवंशीले जानकारी दिए ।


प्रतियोगितामा पशुपति युवा क्लब दादरवेरिया, हातिबन्धा युवा क्लब भाथिगछ, लाली गुँरास स्पोर्टिङ्ग क्लब रानी विराटनगर, रानी युवा क्लब मिल्स एरिया, लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा ३, लक्ष्मिनिया युवा क्लब, महाराजी युवा क्लब वैरिया भिमपुर र स्मार्ट जहदा समाज जहदाको सहभागि रहेको छ । शनिबार हुने प्रतियोगिताको उद्घाटन खेलमा पशुपति युवा क्लब र हातिबन्धा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख रूपैयाँ लाग्ने संयोजक तथा क्लबका सचिव उपेन्द्र राजवंशीले जानकारी दिए । बिजेताले नगद ७५ हजार र उप विजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद १ हजार पाँच सय रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक जीवन विकासले गरेको छ । कार्यक्रममा बोल्दै जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डलले खेलकुद र शिक्षाबाटबाट जीवन विकासको उत्पती भएको जानकारी गराउँदै खेलक्षेत्रको विकास गर्ने उद्देश्यले मुख्य प्रयोजक भएर खेलकुद गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्