सिरहामा धान उत्पादनमा वृद्धि हुने

<span class='c1'>सिरहामा धान उत्पादनमा</span> <span class='c2'>वृद्धि हुने</span>

गोलबजार । सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।

समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो ।

सिरहामा ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यस वर्ष ५४ हजार हेक्टरमा धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा एक लाख ६२ हजार चार सय ३० मेट्रिकटन धान उत्पादन भएकामा चालु आर्थिक वर्षमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्रकुमार महासेठले बताउनुभयो । रोग किराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढ्ने उहाँको भनाइ छ ।

किराको प्रकोप देखिए पछि प्रावधिक, कृषि ज्ञान केन्द्र र बाली संरक्षण प्रयोगशालाबाट किरा नियन्त्रण गर्न प्राविधिक खटाइएको कार्यालयका सूचना अधिकारी परमानन्द चौधरीले बताउनुभयो । रासायनिक मल सहजरुपमा उपलब्ध हुन सकेको भए उत्पादन अझ बढ्ने उहाँको भनाइ छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मती, सावित्री, कतरनीलगायत धान लगाउने गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2