विराटनगर । मोरङको जहदा गाउँपालिका - ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो ।
उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा युवा क्लब भातीगन्जलाई ४- ० गोलले हराउँदै पशुपति सेमिफाइनलमा पुगेको हो । जितको लागि पशुपतिका विशाल सरदार, आषिश खवास, सिजन चौधरी र हरी खवासले गोल गरेका थिए ।
पहिला हाफदेखि दबावमा राखेको पशुपतिका बिशाल सरदारले खेल सुरू भएको २८ औं मिनेट गोल गरी सुरूवाती अग्रता बनाएका थिए । पशुपतिका आशिषले ४७, सिजनले ५५ र हरीले ५६ औं मिनेटमा गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच पशुपतिका सिजन सिंह खवास घोषित भए । उनले १ हजार पाँच सय रुपैयाँ पाए ।
आइतबारको खेल रानी युवा क्लब विराटनगर र लक्ष्मी युवा स्पोर्टिङ्ग क्लब जहदा बीच हुनेछ । असोज ८ देखि १५ गतेसम्म संचालन हुने गोल्डकपमा ८ वटा टिमको सहभागि रहेको रहेको लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबका अध्यक्ष श्रवण कुमार राजवंशीले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ७५ हजार र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उद्घाटन खेलको प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह रहेका थिए । कार्यक्रममा जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डलले खेलकुद र शिक्षाबाट जीवन विकासको उत्पती भएको जानकारी गराउँदै खेलक्षेत्रको विकास गर्ने उद्देश्यले मुख्य प्रयोजक भएर खेलकुद गराएको बताए ।