नेपाली रुपैयाँ इतिहासकै कमजोर

<span class='c1'>नेपाली रुपैयाँ</span> <span class='c2'>इतिहासकै कमजोर</span>

काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।

नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् । पछिल्लो समय रुस(युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ।

अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन्। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्