सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य आइतबार घटेको छ ।

आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको मूल्य फेरि आज एक हजार रुपैयाँले नै घटेको हो ।

यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्