रेडियो सुसेली तथा सुधांशु साकाेसकाे साधारण सभा सम्पन्न

रेडियो सुसेली तथा सुधांशु साकाेसकाे साधारण सभा सम्पन्न

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित एकता मिडिया प्रालि रेडियो सुसेलीको १२ औँ तथा सुधांशु बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारी गणेश मिश्र सम्मानित भएका छन् ।

त्यसैगरी कार्यक्रममा व्यवस्थापक खडानन्द ढुङ्गानालाई सेवानिवृतकाे रूपमा नगद राशि सहित दाेसल्ला ओडाएर सम्मान गरि बिदाइ गरिएको थियाे ।

साधारण सभामा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाई थिए । विशिष्ट अतिथिमा प्रदेश सासद राजकुमार ओझा , विशेष अतिथि शिवप्रसाद ढकाल लगायत रहेका थिए। कार्यक्रम रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काकाे सभापतित्व तथा सन्ताेष बान्तवाकाे सञ्चालनमा सम्पन्न भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्