आदिवासी जनजातीको स्मारिका सार्वजनिक

आदिवासी जनजातीको स्मारिका सार्वजनिक

सुन्दरहरैँचा । माेरङकाे बेलबारीमा ‘बेलबारीका आदिवासी जनजाती पाइलाहरू` नामक स्मारिका सार्वजनिक भएको छ ।

स्मारिका आदिबासी जनजाति महासंघ समन्वय समिति बेलबारीले तयार पारेकाे हाे । कार्यक्रममा प्रमुख अतिथी बेलबारीका नगरप्रमुख दिलप्रसाद राई, अतिथिहरू समाजसेवी हर्कमान तामाङ, मधु गुरूङ तथा रूक्मीणी धिमाल लगायतले पुस्तक सार्वजनिक गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख राईले नगरको यसै शैक्षिक वर्ष देखी बेलबारीेमा धिमाल जातीहरूको भाषामा पठनपाठन तयार गर्नको निम्ति कजेट छुट्याउने काम सुरू गरेको बताए ।

स्मारिका ३४० पेज रहेको साथै स्मारिकामा स्थानिय आदिवासी जनजाती समुदायहरूको लेख रचना तथा अन्तर्वाताहरू समेटिएका छन् । पुस्तकको प्रकाशन संयोजन मनकुुमार गुरूङले गरेका छन । सम्पादन ईरन राईले गरेका हुन् ।

आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद बेलबारीका अध्यक्ष तिलकप्रसाद राईको अध्यक्षतामा स्मारिका विमाेचन कार्यक्रम भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्