पछिल्लो २४ घण्टामा थप ५१ मा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५१ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा तीन हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार दुई सय छ जनाले पिसीआर र एक हजार आठ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज एक सय सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार तीन सय ३५ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय २३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १७ पुगेको छ । होम आइसोलेशनमा एक हजार एक सय ७४, संस्थागत आइसोलेशन ४९ र आइसियूमा ११ जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु र दार्चुला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा चार सय ९६, ललितपुरमा एक सय ७८ र भक्तपुरमा २१ सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमण दर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्