बलात्कार प्रयास मुद्दामा थुनामा पुगेका लहानका उपप्रमुख महतो धरौतीमा छुटे

<span class='c1'>बलात्कार प्रयास मुद्दामा थुनामा पुगेका</span> <span class='c2'>लहानका उपप्रमुख महतो धरौतीमा छुटे</span>

बलात्कार प्रयास मुद्दामा प्रहरीको थुनामा पुगेका सिरहाको लहानका उपप्रमुख रामचलितर महतो धरौतीमा छुटेका छन् ।

जिल्ला अदालत सिरहाले उपप्रमुख महतोलाई आईतवार एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश मनोज केसीको इजलासले उपप्रमुख महतोलाई एक लाख धरौटी राखेर तारेखमा छाड्ने आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै धरौटी बुझाएर उपप्रमुख महतो रिहा भएको सिरहा प्रहरीले जनाएको छ । गत साउन ४ मा एक महिलाले जागिरको प्रलोभनमा कार्यकक्षमा बोलाएर बलात्कारको प्रयास गरेको भन्दै उपप्रमुख महतोमाथि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दर्ता गराएकी थिइन् ।

उजुरी दर्तापछि सम्पर्क विहिन बनेका उपप्रमुख महतो भदौं २४ मा प्रहरीमा हाजिर भएका थिए । नेपाली काँग्रेससँगको गठबन्धन गरेका जसपाको तर्फबाट उनी उपप्रमुखमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्