इसेवा मार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट

इसेवा मार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवा मार्फत् फोनपेको क्यूआरबाट भुक्तानी गर्दा छुट पाइने भएको छ ।

इसेवा मार्फत् फोनपेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने भएको हो ।

भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा मेगा फोनपेका चिफ बिजनेस अफिसर सुमित दास र इसेवाका चिफ म्यानेजरआशिष गौतमले हस्ताक्षर गरेका छन् । उक्त योजना असोज १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले उक्त योजना ल्याइएको हो । यसैबीच फोनपेले दशैँलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऔँ,नगद छाडौँ, फोनपे गरौँ’ योजना सुरु गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे क्यूआर गर्ने,फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख रुपैया जित्न सकिनेछ ।

यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसुङ्गको फोन जित्न सकिनेछ । ग्राहकहरुका लागि यो योजना असोज ४ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरुले कार्तिक १२ गतेसम्म हरेक दिन मोबाईल जित्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्