जनक ताम्राकारको आवाजमा नयाँ गीत सम्झनाकी खोली/ठाडीको भिडियो सार्वजनिक

जनक ताम्राकारको आवाजमा नयाँ गीत सम्झनाकी खोली/ठाडीको भिडियो सार्वजनिक

गायक जनक ताम्राकारको आवाजमा रहेको नयाँ गीत सम्झनाकी खोली / ठाडीको भिडियो  सार्वजनिक भएको छ । आइएनजी स्टुडियोको पहिलो प्रस्तुतिको रुपमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

तुला ताम्राकारको शब्द रहेको गितमा  जनक ताम्राकार र महेश ताम्राकारले कम्पोजिसन गरेका छन् । उक्त भिडियोको निर्देशन भने लोकेश बज्राचार्यले गरेका हुन् ।रोजगारीका लागि परदेश गएका नेपालीहरुको पीडालाई गीत र म्युजिक भिडिओमार्फत प्रस्तुत गरिएको छ ।

भिडियोमा सबिता अधिकारी, घनु जोशी तथा बाल कलाकारको रुपमा सारा पुडासैनीको अभिनय देख्न सकिन्छ।

इनोभेट नेपाल ग्रुपको आफ्नो नयाँ कम्पनीको रुपमा मिडिया प्रोडक्सनको कम्पनी आइएनजी स्टुडियोको सुरुवात गरेको हो । आइएनजी स्टुडियोको अफिसियल युटुब च्यानल मार्फत उक्त गित सार्वजनिक गरिएको छ ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्