सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा निधन

<span class='c1'>सङ्गीतज्ञ रामहरि गुरुङको ९६</span> <span class='c2'>वर्षको उमेरमा निधन</span>

काठमाडौँ । सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ ।

तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु¥याउनुभएको छ । उहाँले रेडियो नेपालमा शास्त्रीय सङ्गीतमा लामो समयसम्म सेवा गर्नुभएको थियो ।

नेपालमा उस्ताद गणेशलाल श्रेष्ठ र भारतमा अमिर हुसेन खाँसँग तबला वादनको शिक्षा लिनुभएका गुरुङले विभिन्न भजन र आधुनिक गीतमा समेत सङ्गीत दिनुभएको उहाँका शिष्य मनराज नकर्मीले राससलाई जानकारी दिनुभयो ।

स्वर्गीय गुरुङका दुई छोरी र एक छोरा हुनुहुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्