दुहबीमा करेन्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>दुहबीमा करेन्ट लागेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको दुहवीस्थित नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत कर्मचारी करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ।

दुहबी नगरपालिका-३ मा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढीगंगा गाउँपालिका-४ का ४१ बर्षीय महमत साबिर मियाको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमवार बेलुका कार्यालय पेरिमिटर भित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मियालाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा मियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्