सेवा निवृत्त शिक्षक तथा कर्मचारी सम्मानित

<span class='c1'>सेवा निवृत्त शिक्षक</span> <span class='c2'>तथा कर्मचारी सम्मानित</span>

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित सामुदायिक विद्यालयका सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरू सम्मानित भएका छन्।

कार्यक्रममा नगर क्षेत्रका विभिन्न ३६ विद्यालयका सेवा निवृत्त ४१ जाना शिक्षक र कर्मचारीहरू सम्मानित भएका हुन्। सुन्दरहरैंचा नगरपालिका र दुलारी परीक्षा व्यवस्थापन दुलारी क्षेत्रले सम्मान कार्यक्रम गरेको हाे ।

नगरप्रमुख केदारप्रसाद गुरागाई तथा उपप्रमुख अकली चौधरीले सम्मान पत्र दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। कार्यक्रममा नगरप्रमुख गुरागाईले शिक्षकले आफ्नो लागि भन्दा विद्यार्थीको भविष्य निर्माणका निम्ति लामो समयसम्म उल्लेख्य कार्य गरेकाले आउँने दिनमा समाजसेवामा लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा ६० वर्षे उमेर हदका कारण अवकाश भएका शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियाे । कोरोना कहरका कारण विगत बर्षमा भने याे कार्यक्रम आयोजना हुन सकेको थिएन् ।

वि.स २०३८ सालदेखि सञ्चालनमा आएको परीक्षा व्यवस्थापन समितिले प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी सेवा निवृत्तलाई सम्मान गर्ने गरेको केन्द्रका सचिव ठाकुर सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्