आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दैछन्।

बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना कार्यक्रममा मिश्र नेतृत्वको समूह राप्रपामा प्रवेश गर्न लागेका हुन् ।

स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपामा आज प्रवेशको गर्न लागेका हुन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिएका थिए।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रहेका मिश्रले यसअघिनै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलगिएका थिए।

राप्रपाले र मिश्रले भने यसलाई ‘एकता’को कार्यक्रम भनेका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्