झापाबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

झापाबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका-५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।

मंगलबार दिउसो साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका-८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा उनको साथबाट ७५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड-५ स्थितबाट माई नगरपालिका-२ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७ बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका-५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वु समेत तीनै जनालाई १३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्